बागमती

महानगरमा वीपी - पुष्पलालको नाममा कार्यक्रम मागेर नगरसभा रोकेको बालेनको आरोप

इकागज |
असार १४, २०८१ शुक्रबार १३:६ बजे

काठमाडौँ - काठमाडौँ महानगरका मेयर बालेन शाह र वडा अध्यक्षहरूबीच विवाद बढिरहेको छ । मेयर बालेनले अगाडि सारेका कैयौं काममा वडा अध्यक्षले विरोध शुरु गरेपछि यसको असर नगर सभामा समेत देखिएको छ ।

मेयर बालेन्ले शुक्रबार एक स्ट्याटस लेख्दै कांग्रेस-एमालेका जनप्रतिनिधिले नगर सभा बैठक रोकेको आरोप लगाएका छन् ।


उनले कांग्रेस-एमालेका जनप्रतिनिधिले वीपी र पुष्पलालको नाममा करोडौंको कार्यक्रम गर्न भनेको उल्लेख गर्दै आफूले त्यसको बदला चार स्वतन्त्र सेनानी सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्- 'एमाले काङ्ग्रेसले बिपि कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नु भयो । मैले चार स्वतन्त्र सेनानी सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेँ । सायद काङ्ग्रेस एमालेलाई नेपालको क्रान्तीमा उहाँहरुभन्दा धेरै काङ्ग्रेस एमालेको नेताहरूको योगदान धेरै देख्नु भयो होला । त्यसपछी आज बस्ने नगरसभा बैठक रोकेर जानु भयो ।'


Author

थप समाचार
x