बागमती

नगरसभाबाट ललितपुर महानगरको बजेट पारित

इकागज |
असार १७, २०८१ सोमबार २०:४३ बजे

ललितपुर- ललितपुर महानगरपालिकाको नगरसभाले आगामी आर्थिक वर्षका लागि ७ अर्ब ४६ करोडको बजेट पारित गरेको छ ।

असार १० गते महानगरकी उपप्रमुख मञ्जली शाक्यले नगरसभामा प्रस्तुत गरेको बजेट सोमबार बसेको नगरसभा बैठकले पारित गरेको हो । महानगरका सूचना अधिकारी देवप्रसाद गुरागाइँले आर्थिक वर्ष २०८१/२०८२ का लागि बजेट पारित गरेको जानकारी दिए ।


महानगरको नीति तथा कार्यक्रम यसअघिको बैठकले पारित गरेको उनले बताए । महानगरका अनुसार चालु खर्चतर्फ २ अर्ब ७८ करोड ८९ लाख र पुँजीगततर्फ ४ अर्ब ६७ करोड ९४ लाख विनियोजन गरिएको छ ।

महानगर प्रमुख चिरीबाबु महर्जनले बजेटमा व्यापक छलफल गरी पारित गरेको बताए । उनले भने, ‘चरणबद्ध रूपमा हामीले औपचारिक, अनौपचारिक ढंगबाट छलफल गर्यौँ ।’ महानगर प्रमुख चिरीबाबु महर्जनले आगामी आर्थिक वर्षमा महानगरले वातावरण संरक्षण, हरियाली संरक्षण, सम्पदा संरक्षणलाई प्राथमिकता दिएको जानकारी दिए ।


Author

थप समाचार
x