बागमती

अख्तियारको आयुक्तको घरमा ललितपुर महानगरले चलायो डोजर

इकागज |
असार १९, २०८१ बुधबार १८:३७ बजे

 काठमाडौँ - लतितपुर महानगरपालिकाले अख्तियारकी आयुक्तको घरको कम्पाउन्डमा डोजर चलाएको छ । बुधबार महानगरको डोजरसहित पुगेको नगर प्रहरीले महानगरपालिका–१० स्थित चाकुपाटमा रहेको डा. दिवस अमात्य र डा. सुमित्रा अमात्यको घर परिसरमा डोजर चलाएको हो ।

अमात्यले सम्पदा क्षेत्र नै मिचेर संरचना निर्माण गरेपछि गुठियारहरुले भत्काउन प्रशासन गुहार्दै आइरहेका थिए । सोही अनुसार अवैध संरचना भत्काइएको मेयर चिरिबाबु महर्जनले जानकारी दिए । उनका अनुसार स्थानीयको माग अनुसार नै गुठी तथा मन्दिरको जग्गा खाली गरिएको हो ।


यो वर्ष पर्ति र ऐलानी जग्गाको संरक्षणको लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममै समेटिएको छ । गुठीयारहरूको देवता रहेको मुख्य ठाउँ हो । तर व्यक्तिले मन्दिर र पाटी पौवाको बीचबाट गेट नै निर्माण गरेपछि स्थानीयले भत्काउन पहल गर्दै आइरहेका थिए । स्थानीय गुठियार चिरिबाबु महर्जनका अनुसार डा. सुमित्रा अमात्यले उक्त घर डेढ वर्षअघि खरिद गरेकी थिइन् ।

पछि उनले सँगै रहेको जग्गा पनि हडपेर टहरा र गेट निर्माण गरिन् । अमात्यले गुठीको जग्गा हडपेर घरको कम्पाउन्ड निर्माण गरेको महानगरका नगर प्रहरी प्रमुख सिताराम हाछेथुले बताए । डा. सुमित्रा अमात्य अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त पनि हुन् । मन्दिरको जग्गा खोसेर घरको बाहिरी पर्खाल बनाएको प्रमाण भेटिएपछि महानगरले डोजर चलाएको हो ।

अमात्यले सम्पदा अतिक्रमण गरी बनाएको संरचनामा ललितपुर महानगरले डोजर चलाएको छ । अमात्यले गुठीको जग्गा हडपेर घरको कम्पाउन्ड निर्माण गरेको महानगरका नगर प्रहरी प्रमुख सिताराम हाछेथुले बताए । डा. सुमित्रा अमात्य अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त हुन् । मन्दिरको जग्गा खोसेर घरको बाहिरी पर्खाल बनाएको प्रमाण भेटिएपछि महानगरले डोजर चलाएको हो ।

 


Author

थप समाचार
x