बागमती

ललितपुर महानगरले भन्यो - बाढीमा परेर बासस्थान डुबे वडा र महानगरमा सम्पर्क गर्नू (विज्ञप्तिसहित)

इकागज |
असार २३, २०८१ आइतबार १६:७ बजे

फाइल फोटो

काठमाडौँ - ललितपुर महानगरपालिकाले बाढीबाट क्षति पुगेका महानगरवासीहरूले महानगरमा सम्पर्क गर्न अनुरोध गरेको छ । 

आइतबार एक विज्ञप्ति जारी गर्दै महानगरले शुक्रबारबाट लगातार परेको वर्षाका कारण बाढी आएर बासस्थानमा क्षति पुगेकाहरूले महानगरमा जानकारी गराउन अनुरोध गरेको हो ।


महानगरले विशेष अवस्थाका सदस्यहरू (ज्येष्ठ नागरिक, बालबालिका, सुत्केरी/गर्भवती महिला र अपाङ्गता भएका) प्रभावित हुनु भएको भए सम्बन्धित वडा र महानगरको हटलाइन नम्बर ११३१ मा आफ्नो एकिन विवरण टिपाउन  अनुरोध गरेको विज्ञप्तिमा उल्लेख छ । साथै ‘एलएमसी एप्स’ मार्फत समेत सूचना पठाउन आग्रह गरेको छ ।

महानगरले ढल निकासमा अवरोध आउँदा बस्तीहरू जलमग्न भएको र त्यसलाई खुलाउन सक्दो प्रयास गरिरहेको जानकारी गराएको छ । 

 


Author

थप समाचार
x