बागमती

देशलाई दुर्घटनामा जान दिँदैनौँ : दाहाल

इकागज |
असार ८, २०७८ मगलवार ११:४७ बजे

चितवन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशलाई दुर्घटनामा जान नदिइने बताएका छन् । माओवादी केन्द्रकी नेत्री पूर्णकुमारी सुवेदीका पिता हरिप्रसाद पौडेलको श्रद्धाञ्जलि सभालाई आज सम्बोधन गर्दै उनले  नेपाली जनताको बलिदानीपूर्ण संघर्ष, मधेश आन्दोलन र जनआन्दोलनबाट प्राप्त उपलब्धि बचाउँदै संविधानलाई सही बाटामा हिँडाइने बताए । 

सो अवसरमा अध्यक्ष दाहालले  पौडेलले कम्युनिष्ट आन्दोलनलाई ठूलो योगदान दिएको बताउँदै उनीप्रति श्रद्धाञ्जली व्यक्त गरे । पौडेलको ९० वर्षका उमेरमा यही असार २ गते निधन भएको थियो । रासस



Author

थप समाचार
x