बागमती

ललितपुर महानगरले मर्मतपछि सञ्‍चालनमा ल्यायो १०६ वर्ष पुरानो डेनिस दमकल

इकागज |
साउन ६, २०८१ आइतबार १५:८ बजे

काठमाडौँ- ललितपुर महानगरपालिकाले १०६ वर्ष पुरानो डेनिस दमकल सञ्चालनमा ल्याएको छ ।

महानगर क्षेत्रमा हुनसक्ने आगलागीको सम्भावित जोखिममा परिचालन गर्नका लागि महानगरपालिकाले १०६ वर्ष पुरानो डेनिस दमकल मर्मत गरेर सञ्चालनमा ल्याएको हो ।


ललितपुरका मेयर चिरीबाबु महर्जनले विगत ४२ वर्षदेखि यसको पार्टस् नपाएको कारणले थन्काएर राखेको अवस्था रहेकोमा अहिले अमेरिकाबाट पार्टसहरू मगाएर मर्मत गरी सञ्चालनमा ल्याइएको जानकारी दिएका छन् ।

उनले भने, ‘विगत ४२ वर्षदेखि यसको पार्टस् नपाएको कारणले दमकल चलेको थिएन । रोक्की राखेको थियो । ७३–७४ सालमा दमकल लिलामीमा राखियो । त्यो सूचना पाउनेसाथ झिक्यौं । अमेरिकामा यसको पार्टस् भेटियो र अहिले सञ्चालनमा ल्याइएको छ ।’

दमकलको चक्काहरू कहिले पनि पञ्चड नहुने र सिसाहरू पनि नफुट्ने प्रमुख विशेषता रहेको उनले जानकारी दिए । 


Author

थप समाचार
x