बागमती

बागमतीमा नयाँ सरकार गठनको आव्हान

इकागज |
साउन ६, २०८१ आइतबार १७:२५ बजे

काठमाडौँ- बागमती प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा २ अनुसार मंगलबार साँझ ५ बजेसम्मको समय दिएर सरकारमा दाबी पेस गर्न आह्वान गरेका हुन् ।

मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनको आव्हान गरेका हुन् ।


नयाँ सरकार गठनको आह्वान भएसँगै कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन् । लामालाई मुख्यमन्त्रीमा अघि सार्ने कांग्रेस संसदीय दलको निर्णय भइसकेको छ । उनलाई नेकपा एमालेको समर्थन रहेको छ ।

११० सदस्यीय प्रदेशसभामा सरकार निर्माणका लागि ५६ मत आवश्यक पर्छ । प्रदेशमा कांग्रेस र एमालेको सहजै बहुमत पुग्ने अवस्था छ । प्रदेशसभामा कांग्रेसका ३७, एमालेका २७, माओवादीका २१, राप्रपाका १३, नेकपा (एस) का ७ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् ।


Author

थप समाचार
x