बागमती

छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

इकागज |
साउन ११, २०८१ शुक्रबार ८:१२ बजे

चितवन- भरतपुरमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । महानगरपालिकाको भित्री सडकमा सवारी दुर्घटना हुँदा उक्त महानगरपालिका–७ प्रेमबस्तीका ५० वर्षीय चण्डीप्रसाद अधिकारीको मृत्यु भएको छ ।

त्यस्तै खोलाले बगाएर कालिका नगरपालिका–१० का ३३ वर्षीय गम्भीर चेपाङको ज्यान गएको हो । 


जिल्ला प्रशासन कार्यालयका अनुसार बिहीबार साँझ सिद्धिबजारबाट घर फर्किँदा कयरखोलाले बगाएर बेपत्ता भएका चेपाङको शव आज बिहान फेलापरेको हो भने भरतपुर महानगरपालिका–८ अशोक चोकमा नम्बर नखुलेको सवारीसाधनले अधिकारी सवार मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।


Author

थप समाचार
x