बागमती

बागमती प्रदेशसभा बैठकः एक विधेयक सर्वसम्मतिले पारित

इकागज |
साउन १६, २०८१ बुधबार १७:३९ बजे

फाइल फाेटाे

मकवानपुर - बागमती प्रदेशसभाको आज बसेको बैठकले विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ ।

सो बैठकमा सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी श्रेष्ठले उक्त प्रस्ताव पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन् । विभिन्न समितिमा सदस्य हेरफेर गरिएको प्रस्तावसमेत् उक्त बैठकले अनुमोदन गरेको छ ।


प्रदेश मामिला समितिमा मुख्यमन्त्री बहादुर सिंह लामा, निवर्तमान मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठ सदस्यमा थपिएका छन् ।

त्यसैगरी सार्वजनिक लेखासमितिमा निवर्तमान भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल र निवर्तमान वन तथा वातावरणमन्त्री केशव पोखरेल र स्वास्थ्य तथा कृषि र शिक्षा समितिमा निवर्तमान सामाजिक विकासमन्त्री कुमारी मोक्तान समावेश भएका छन् । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले अर्को सूचना नभएसम्मको लागि आजको बैठक स्थगित गरेका छन् । 
रासस


Author

थप समाचार
x