बागमती

काठमाडौँ महानगरको बजेट १८ अर्ब ९५ करोड ७७ लाख

इकागज |
असार १०, २०७८ बिहीबार १४:१३ बजे

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले २०७८/०७९ को लागि १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार रूपैयाँको बजेट प्रस्तुत गरेको छ । ‘साँस्कृतिक शहर, काठमाडौँ महानगर’ भन्ने नारासहित काठमाडौँ नगर सभाको नवौं अधिवेशनमा उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले बजेट प्रस्तुत गरेकी हुन् । 

स्थानीय सरकार सञ्चालन ऐन–२०७४ ले निर्धारण गरेको काम, कर्तव्य, अधिकार र २०७८ असार ६ गते पारित नीति तथा कार्यक्रमलाई मूर्तरूप दिन बजेट प्रस्तुत गरेको उपप्रमुख खड्गीले जानकारी दिइन् ।  बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ३ अर्ब ७५ करोड ७७ लाख रूपैयाँ, आर्थिक विकास क्षेत्रतर्फ ५५ करोड रूपैयाँ, सामाजिक विकासतर्फ २ अर्ब ७० करोड रूपैयाँ, पूर्वाधार विकासतर्फ १० अर्ब ८० करोड रूपैयाँ र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १ अर्ब १५ करोड रूपैयाँ प्रस्ताव गरिएको छ ।   उपप्रमुख खड्गीले महानगरपालिकाको आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्न पाउँदा गौरव महसुस भएको सुनाइन् ।  


कोभिड–१९ रोकथाम र नियन्त्रणलाई प्राथमिकता दिएको छ । साथै सम्पत्ति करमा ९० प्रतिशतसम्म छुट, बहाल करमा दश प्रतिशत वा पच्चिस हजार रूपैयाँसम्म छुट र व्यवसायीले सर्वसाधारणलाई शौचालय प्रयोग गर्न दिए व्यवसाय करमा ५० प्रतिशत सम्म छुट दिने भएको छ । 


Author

थप समाचार
x