ललितपुरको बजेट नै पास भएन, मेयर र उपमेयर नै अल्पमतमा
ललितपुर : ललितपुर महानगरपालिकाका मेयर र उपमेयर नै अल्पमतमा परेका छन् । बिहीबार नगरसभाका अधिकांश सदस्यहरू अनुपस्थित भएकाले महानगरपालिकाको बजेट पारित हुन नसकेको महानगरका प्रवक्ता राजु महर्जनले इकागजलाई जानकारी दिए ।
महर्जनकाअनुसार सदस्यहरूको गणपुरक संख्या नपुगेकोले बैठक शनिबारको लागि सारिएको छ । उनले भने, ‘बजेट पारित हुनको लागि ५१ प्रतिशत पुग्नुपर्थ्यो, तर १३६ जना सदस्यमा ९६ जना सदस्य आउनु भएन । त्यसैले शनिबारको लागि बैठक सारेका छौँ ।’
ललितपुर महानगरमा नगरप्रमुख, उपप्रमुख र १० वटा वडामा नेपाली कांग्रेसका वडाध्यक्ष छन् । महानगरका २९ वडामध्ये १४ वटामा नेकपा एमाले र ४ वटामा नेकपा माओवादी केन्द्रका अध्यक्ष छन् । एउटामा भने स्वतन्त्र उम्मेदवार अध्यक्ष छन् । कांग्रेसबाहेकका जनप्रतिनिधिले बहिष्कार गर्दा बजेट नै पेश हुन सकेन ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया