बागमती

सिन्धुलीमा बन्चरो प्रहारबाट बुबाको हत्या

इकागज |
साउन ३०, २०८१ बुधबार ९:४० बजे

सिन्धुली- सिन्धुलीमा छोराको बन्चरो प्रहारबाट बुबाको ज्यान गएको छ । हरिहरपुरगढी गाउँपालिका-७ पञ्चचौरीस्थित लामपाते बस्ने अन्दाजी ५८ वर्षीय लाल बहादुर घिमिरे विकको उनका माइला छोरा २१ वर्षीय अमृत घिमिरे विकले बन्चरोले हिर्काएर हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार अमृतले बुबा लालबहादुर सुतेको अवस्थामा बन्चरोले टाउकोमा प्रहार गरेका थिए । उनको घटना स्थलमै ज्यान गएको थियो ।


घटनाको खबर पाएलगत्तै प्रहरी चौकी क्यानेश्वरबाट प्रहरी अधिकृतसहितको टोली खटिएकोमा विकलाई बन्चरोसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

मृतक विकको शव पोष्टमार्टमका लागि सिन्धुली अस्पतालमा राखिएको छ ।


Author

थप समाचार
x