बागमती

बागमती प्रदेशमा भदौ ४ गते सार्वजनिक बिदा

इकागज |
साउन ३२, २०८१ शुक्रबार २०:२२ बजे

मकवानपुर- बागमती प्रदेश सरकारले भदौ ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आजको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले गाई जात्रा पर्वका अवसरमा आगामी मंगलबार बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ । साथै मन्त्रालयगत रूपमा आएको अस्थायी दरबन्दी स्वीकृत गर्ने समेत बैठकले निर्णय गरिएको उनले बताए ।



Author

थप समाचार
x