बागमती

बागमती प्रदेशको मुख्यन्यायाधिवक्तामा काफ्ले

इकागज |
भदौ २, २०८१ आइतबार १४:९ बजे

फाइल फोटो

हेटौँडा- बागमती प्रदेशको मुख्यन्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त भएका छन् । 

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम मुख्यमन्त्री बहादुरसिंह लामाको सिफारिसमा काफ्लेलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिए । 


पच्चीस वर्षदेखि निरन्तर कानुन व्यवसायीका रुपमा कार्यरत उनले यसअघि पूर्व कानुन तथा न्यायमन्त्री भीमबहादुर तामाङ र पूर्व महिला तथा समाजकल्याण मन्त्री लीला कोइरालाको सल्लाहकार भएरसमेत काम गरिसकेका छन् ।

नेपाल बार एशोसिएसनको सदस्य रहेका काफ्ले नेपाल बार एसोसिएसन र काठमाडौँ जिल्ला बारका विभिन्न समिति रहेर काम गरेका छन् । 


Author

थप समाचार
x