बागमती

भक्तपुर क्यान्सर अस्पताललाई अध्ययन प्रतिष्ठान बनाउने निर्णयमा कांग्रेसको आपत्ति

इकागज |
असार १२, २०७८ शनिबार ११:८ बजे

चितवन : चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई छाडेर सरकारले भक्तपुर क्यान्सर अस्पताललाई अध्ययन प्रतिष्ठान बनाउने निर्णय गरेको प्रति नेपाली कांग्रेस चितवनले आपत्ती जनाएको छ ।

सभापति जीतनारायण श्रेष्ठद्धारा जारी विज्ञप्तिमा सरकारले भक्तपुर क्यान्सर अस्पताललाई अध्ययन प्रतिष्ठान बनाई यहाँको बिपी क्यान्सर अस्पताललाई त्यसको मातहतमा राख्‍ने निर्णयप्रति आपत्ति रहेको जनाइएको छ । आफ्नै स्वायत्त ऐन, पर्याप्त पूर्वाधार भएको देशकै पहिलो र जननिर्वाचित प्रधानमन्त्रीका नाममा रहेको अस्पताललाई राजनीतिक पूर्वाग्रह राखी सरकारले निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।


सरकारले गरेको उक्त निर्णय तत्काल सच्याउनसमेत आग्रह गरिएको छ । साथै विज्ञप्तिमा राष्ट्रियस्तरको क्यान्सर रोग अध्ययन प्रतिष्ठान यही अस्पताललाई बनाई यथावत् राख्‍न समेत काङ्ग्रेसले माग गरेको छ । रासस


Author

थप समाचार
x