बागमती

बालेनको प्रधानमन्त्रीलाई प्रश्न - नाबालिकालाई हिंसा गर्ने सांसद रेखा शर्मालाई कहिले समाउनुहुन्छ ?

इकागज |
भदौ १६, २०८१ आइतबार २०:१८ बजे

फाइल फाेटाे

काठमाडौँ - काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले एमालेकी प्रदेश सांसद रेखा शर्मालाई किन नसमाएको भन्दै प्रश्न गरेका छन् ।

आइतबार सामाजिक सञ्जालमा लेख्दै शाहले सांसद शर्मालाई अदालतले समेत समाउन आदेश दिँदासमेत किन नसमाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका हुन् । उनले प्रधानमन्त्रीलाई भने, तपाईंको सुशासन बालिकाको मृत्युपछि गोहीको आँसु चुहाएर फेसबुकमा समवेदना  दिँदै  एक लाख घोषणा गर्नु नै होला ?


शर्माले विगत ८ वर्षदेखि एक जना नाबालिकालाई घरेलु कामदारको नाममा हिंसा र कुटपिट गरेको आरोप छ । अदालतले समेत शर्मालाई समाएर आवश्यक मुद्दा अगाडि बढाउन भनिसकेको छ । 


Author

थप समाचार
x