उपमेयर सुनिताले गरिन् बालेनको कार्यशैलीको आलोचना
काठमाडौँ - काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलले मेयर बालेन शाहको कार्यशैलीप्रति असन्तुष्टि जनाएकी छिन् ।
मंगलबार बसेको कार्यपालिकाको बैठकमा उपमेयर डंगोलले बालेनले एकलौटी निर्णय गर्ने गरेको र सिंगो महानगरनै विवादमा परिरहेको भन्दै उनको कार्यशैलीप्रति उनकै अगाडि असन्तुष्टि जनाएकी हुन्।
कार्यपालिका बैठकमा डंगोलले भनिन्, 'महानगरले जारी गरेको सूचनामा प्रमुख स्तरीय निर्णय अनुसार सूचना प्रकाशित गरिएको छ भनेर लेखिएको छ । प्रमुख स्तरीय निर्णय अनुसार सूचना प्रकाशित गरिएको छ भनेपछि महानगरपालिका सबैको निर्णय हो कि होइन भन्ने कुरा आउँछ ।'
यस्तो संवेदनशील विषयमा बोर्ड बैठक बसेर छलफल नगरी मेयरस्तरीय निर्णय भनेर सूचना गएको भन्दै डंगोलले आफूसहित जनप्रतिनिधिहरूले सूचनाबाट नै सो बारेमा जानकारी पाएको बताएकी थिइन् ।
उनले सुरुमा छलफल गरेर निर्णय नगर्दा महानगरका धेरै जसो निर्णय लागु हुन नसकेको र संशोधन गर्नुपरेको बताइन ।
साथै डंगोलले महानगरको आर्थिक ऐनमा सहमति भएको भन्दा फरक सर्कुलर गरिएको भन्दै आपत्ति जनाएकी छन् । उनले सो ऐन कार्यसमितिले पारित गरेमा आफूलाई मान्य नहुने बताएकी थिइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया