बागमती

तस्बिरमा भक्तपुरको बाढी

इकागज |
असोज १२, २०८१ शनिबार १३:३ बजे

काठमाडौँ- अविरल परेको पानीका कारण बाढी र पहिरोले गर्दा भक्तपुरमा पाँच जना बेपत्ता भएका छन् । भक्तपुरको ठिमीमा चार जना र आशापुरीमा एक जना बेपत्ता भएका हुन् ।

ठिमीमा पहिरो र आशापुरीमा बाढीका कारण एक जना बेपत्ता भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता मोहनमणि अधिकारीले जानकारी दिए । बेपत्ताहरूको नाम भने खुलेको छैन ।


सिद्धी स्मृति अस्पताल, जगाती, इवामुरी अस्पताल, सल्लाघारी, महेश्वरी खेल मैदान, राम मन्दिर, राधेराधेलगायतका क्षेत्रमा बाढी पसेको छ ।


Author

थप समाचार
x