बागमती

बागमती प्रदेशसभाको अधिवेशन अन्त्य

इकागज |
असोज १६, २०८१ बुधबार २०:७ बजे

फाइल फाेटाे

मकवानपुर -  बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसबमोजिम प्रदेशसभाको चौथो अधिवेशन आज रातिदेखि अन्त्य गरेका छन् ।

प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिस भई आएअनुसार, संवैधानिक प्रक्रिया पूरागरी प्रदेशसभा बैठकको अन्त्य गर्नुभएको प्रदेश प्रमुख सचिवालयका कानुन अधिकृत प्रकाश चापागाईंले बताए । 


 प्रदेशसभाको गत असोज ६ र ७ गते बसेको बैठकमा सभामुख भुवनकुमार पाठकले अनिश्चितकालका लागि बैठक स्थगित भएको जानकारी गराएका थिए । 


Author

थप समाचार
x