बागमती

भुम्लुको पहिरो पीडितलाई सिन्धुपाल्चोक सशस्त्र प्रहरीको सहयोग

निरोज चौलागाईं |
असोज १९, २०८१ शनिबार ९:२४ बजे

सिन्धुपाल्चोक- गत हप्ता परेको अविरल वर्षाका कारण पीडित बनेको काभ्रेपलाञ्चोकको भुम्लुका पीडित परिवारलाई सशस्त्र प्रहरी बल बन्देउले राहत सहयोग गरेको छ । सशस्त्र प्रहरी बल सिन्धुपाल्चोकका गणपति राजेश्वर पोखरेलले भुम्लु गाउँपलिका- ८ का गोविन्द माझी र रामे माझीको परिवारलाई सहयोग गरेका हुन् ।

सिरक डस्ना, खाद्यान्नलगायत आवश्यक राहत सामाग्री सहयोग गरेको सशस्त्र प्रहरी बल सिन्धुपाल्चोक गणले जनाएको छ । गत असोज ११ र १२ गते  परेको अविरल वर्षाका कारण पीडितहरूको आर्थिक अबस्था  नाजुक देखेपछि आफुले राहत सामाग्री सहयोग गरेको गणपति राजेश्वर पोखरेलले बताए ।


'हाम्रो ब्यारेक नजिकै उनीहरूको बस्ती छ, दुई परिवारको आर्थिक अवस्था कमजोर भएको र बाढी पहिरोले घरमा क्षति पुर्‍याएपछि मानवीय सेवा हौँ' पोखरेलले भने 'हामीले अहिले अन्य ठाँउमा पनि पीडितबारे बुझिरहेका छौँ, पीडितको तथ्यांक संकलन गरेर सकेको सहयोग गर्छौँ ।'

उनी भन्छन् 'अहिले पनि हाम्रो टोली राजमार्गलगायत गाउँ बस्तीको अवरुद्ध सडक पन्छाउन लागि परेको छ । नेपालीहरूको महान चाडपर्व आइसक्यो हामीले अरु नसके पनि सडक खोल्न मद्दत गरिरहेका छौँ ।'
 


Author

थप समाचार
x