बागमती

हेटौंडाबाट ८ किलो सुनसहित दुई जना पक्राउ

इकागज |
असोज १९, २०८१ शनिबार १०:५० बजे

काठमाडौँ- हेटौंडाबाट ८ किलो २४३ ग्राम ९७० मिलिग्राम सुनसहित दुई जना भारतीय पक्राउ परेका छन् । शनिबार बिहान करिब ३ बजे जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा–१५ रातोमाटे चौकीबाट ८ किलो ४३.९७ ग्राम सुन बरामद गरिएको हो ।

पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०४७ प ७५०३ नम्बरको स्कुटरलाई जाँच गर्दा सुन फेला परेको प्रहरीले जनाएको छ ।


सुनको बजार मूल्य ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ ६५० पैसा रहेको प्रहरीले जनाएको छ । 

सुनसहित भारत महाराष्ट्र सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने २५ वर्षिय अभिषेक अजिनाथ कुटी र सोही स्थान बस्ने २७ वर्षिय राहुल भिट्टिहाल बाड पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।


Author

थप समाचार
x