बागमती

बाढी, पहिरो र डुबानका कारण कोशीमा ४ अर्ब ६३ करोडको क्षति

इकागज |
असोज २०, २०८१ आइतबार १८:४९ बजे

फाइल फाेटाे

काठमाडौँ - असोज ११ र १२ गतेको वर्षा पछि आएको बाढी, पहिरो र डुबानका कारण कोशी प्रदेशमा करिब ४ अर्ब ६३ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । 

कोशी प्रदेशमा बाढी पहिरोका कारण केही क्षेत्रमा यातायात संचालन नहुने स्थिति भएपनि आवतजावतमा नै समस्या नभएको कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले जानकारी दिए ।


आइतबार भौतिक पूर्वाधार विकास मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी मन्त्री राईले कोशी प्रदेशका १४ जिल्लामा भएको भौतिक संरचना मर्मत तथा निर्माणका लागि तत्काल करिब १ अरब २ करोड ५० लाख रुपैया आवश्यक भएको बताए । मन्त्री राईले कोशी प्रदेशका केही योजनाहरू निर्माणमा ढिलाई भईरहेकोले सार्वजनिक सुनुवाइ गरी ठेक्का रद्द गर्ने बारे निर्णय लिने तयारी भइरहेको जानकारी दिए । 

पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार विकास मन्त्री राईले भौतिक पूर्वाधार विकास मन्त्रालयमा देखिएको बेरुजू घटाउन निर्देशन दिइएको जानकारी दिए । 


Author

थप समाचार
x