बागमती

श्रीमतीको हत्या गरी फरार रहेका तामाङ पक्राउ

इकागज |
असोज २२, २०८१ मंगलबार १४:१० बजे

काठमाडौँ- आफ्नै श्रीमती ४५ वर्षीया डोल्मा शेर्पाको हत्या गरी फरार रहेका नुवाकोट दुप्चेश्वर गाउँपालिका-७ घर भएका ६० वर्षीय जित बहादुर भन्ने काले तामाङलाई प्रहरीले पक्राउ गरेको छ । 

दक्षिणकाली नगरपालिका-६ स्थित डेरा कोठामा डोल्मा शेर्पाको गत वैशाख १९ गते मृत्यु भएको घटनाको अनुसन्धानको क्रममा काले तामाङले कुटपिट गरी हत्या गरी फरार भएको खुल्न आएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई भक्तपुरको भक्तपुर नगरपालिका-१० छालिङबाट पक्राउ गरेको हो । 


उनलाई आवश्यक अनुसन्धान एवम् कानुनी कारवाहीको लागि प्रहरी वृत्त कीर्तिपुर पठाइएको छ 


Author

थप समाचार
x