बागमती

पशुपति धर्मशालामा महानगरको बोर्ड

इकागज |
असोज २३, २०८१ बुधबार १९:३० बजे

काठमाडौं - पशुपति धर्मशालामा काठमाडौँ महानगरपालिकाले आफ्नो बोर्ड राखेको छ । मारवाडी सेवा समितिले राखेको बोर्ड हटाएर बुधबार महानगर प्रहरीको टोलीले आफ्नो बोर्ड राखेको हो ।

धर्मशाला महानगरले सञ्चालन गर्ने सम्झौतापछि बुधबार महानगर प्रहरी र वडा नम्बर ८ का अध्यक्ष आशमान संगत लगायतको टोली त्यहाँ पुगेको थियो ।


पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशकले महानगरपालिकालाई सम्बोधन गरी धर्मशाला सञ्चालनबारे पत्राचार गरेका थिए ।

सोही पत्राचारपछि महानगरपालिकाले मंगलबार नै माइकिङ गरेर खाली गर्नका लागि माइकिङ गरेको थियो । उनीहरू पुगेपछि मारवाडी सेवा समितिका सदस्यहरूले अहिले नै महानगरपालिकाले आफ्नो बोर्ड राख्न नहुने बताएका थिए ।

महानगरले बोर्ड राखेपछि मारवाडी सेवा समितिका सदस्यले विरोध गरेपछि महानगर प्रहरीसँग झडप भएको थियो । 


Author

थप समाचार
x