Ekagaj Logo
०६ कात्तिक २०८१, मंगलबार
(Tuesday, 22 October, 2024)

बागमती

सिन्धुली-रामेछाप जोड्ने बेलिब्रिजको शुभारम्भ आज

इकागज |
कात्तिक ६, २०८१ मंगलबार १०:३८ बजे

रामेछाप- बाढीले बगाएको सिन्धुली-रामेछाप जोड्ने सुनकोसी नदीमा जडान भएको बेलिब्रिज आजबाट शुभारम्भ हुने भएको छ ।

मंगलबार दिउँसो भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बेलिब्रिजको शुभारम्भ गर्ने भएका हुन् ।


गत असोज ११ र १२ गते परेको अविरल वर्षासँगै आएको बाढीले सिन्धुलीको गोलन्जोर गाउँपालिकाको खुर्कोट र रामेछापको मन्थली नगरपालिकाको सेलेघाट जोड्ने खुर्कोट पुल बगाएको थियो।

पुल बगाएपछि नेपाली सेनाले बेलिब्रिज बनाएको हो । नेपाली सेनाले तीन सातामै सुनकोशी नदीमा एमपिबी (मोडुलर प्यानल ब्रिज) राखेर सिन्धुली र रामेछाप जिल्लालाई जोडेको थियो । निर्माण सम्पन्न भएपनि पुलको मुखमा ढलान गरिएकाले यातायात सञ्चालन भने भएको थिएन ।

बाढीले मन्थली, रामेछापतर्फको एउटा भाग बगाएपछि सडक सम्पर्क पूर्ण रुपमा टुटेको थियो ।


Author

थप समाचार
x