लिपिङ खोलामा ह्युमपाइप राखेर कोदारी राजमार्ग सञ्चालन (फोटो फिचर)
सिन्धुपाल्चोक- कोदारी राजमार्ग सञ्चालनमा आएको छ । असोज ११ र १२ गतेको बाढी र पहिरोले अवरूद्ध राजमार्ग २६ दिनपछि सञ्चालनमा आएको हो । भोटेकोसी गाउँपालिकाको वडा नम्बर ३ र ४ को सम्पर्क टुटेपछि आवातजावतमा समेत समस्या परको थियो ।
लिपिङ खोलामा ह्युमपाइप राखेर २० मिटर खाल्डो पुरेपछि बुधबार रातिदेखि राजमार्ग सञ्चालनमा आएको हो ।
राजमार्ग सञ्चालनमा ल्याउन सडक डिभिजन, स्थानीय सरकार, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, सिल्क ट्रान्सपोर्टलगायत विभिन्न संस्थाहरू सक्रिय थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया