बागमती

कीर्तिपुरमा क कसले गराए उम्मेदवारी दर्ता ?

इकागज |
मंसिर २, २०८१ आइतबार १६:७ बजे

काठमाडौँ  - कीर्तिपुर नगरपालिकाको मयेर पदमा हुन लागेको उपनिर्वाचनमा लागि प्रमुख राजनीतिक दलका साथै स्वतन्त्र उम्मेदवारीहरू परेका छन् । 

आइतबार निर्वाचन अधिकृतको कार्यालय पुगेर एमाले, कांग्रेस, माओवाद, जसपा, राप्रपा, नेमकिपा लगायत दलका उम्मेदवारका साथै स्वतन्त्र उम्मेदवारहरूले मनोनयनपत्र दर्ता गराएका हुन् । जसअनुसार एमालेकातर्फबाट सुरेन्द्र मानन्धरले कीर्तिपुर नगरको मेयर पदममा उम्मेदवारी दर्ता गराएका छन् भने कांग्रेसबाट कृष्णमान डंगोलले उम्मेदवारी दर्ता गराएका छन् ।


त्यस्तै माओवादी केन्द्रका तर्फबाट प्रा.डा.शिवशरण महर्जनले उम्मेदवारी दर्ता गराएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट ध्रुव महर्जनले उम्मेदवारी दर्ता गराए । त्यस्तै नेपाल मजदुर किसान पार्टीका तर्फबाट श्रीकृष्ण महर्जन र जनता समाजवादी पार्टी नेपाल (जसपा)का तर्फबाट तेस्रोलिंगी दीपक महर्जनले उम्मेदवारी दर्ता गराए । 

यस्तै स्वतन्त्र उम्मेदवार राजमान महर्जन र दिनेशकुमार अधिकारीले कीर्तिपुरको मेयर पदमा उम्मेदवारी दर्ता गराए । 

सो क्रममा मेयर पदका उम्मेदवारहरुले नगरलाई विकासको बाटोमा अघि बढाउँदै जनताका सेवामा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।


कीर्तिपुरको वडा नं १ र वडा नं ४ को वडाध्यक्ष पदमा हुन लागेको वडाध्यक्ष पदमा समेत विभिन्न दलका साथै स्वतन्त्र उम्मेदवारी परेको छ ।


Author

थप समाचार
x