बागमती

बागमती प्रदेश सभामा शुक्रबार तीनवटा बैठक

इकागज |
असार १८, २०७८ शुक्रबार १९:५४ बजे

हेटौंडा : बागमती प्रदेशसभामा शुक्रबार तीन बैठक बसेको छ । पहिलो बैठकमा सांसदलाई विशेष समय दिइएको थियो । यस्तै दोस्रो बैठकमा राजश्वको आय र व्यय छलफल भएको थियो भने तेस्रो बैठकमा सांसदको प्रश्नको जवाफ आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले दिएका थिए । 

मन्त्री ढुंगेलले प्रदेश सरकारले राजश्व आय र व्ययमा गरेको अनुमान यथार्थपरक भएको बताएका छन् । उनले शुक्रबारसम्म प्रदेशले लक्ष्यको ५१ प्रतिशत राजश्व आम्दानी गरेको भन्दै असार मसान्तसम्म ८०.८५ प्रतिशत बजेट खर्च हुने बताएका हुन् । 


यस्तै प्रदेश सरकारले संघ सरकारले जस्तै प्रदेशको संचार माध्यमलाई पनि सोही अनुसारको कर छुट दिने प्रतिवद्धता व्यक्त गरे । यसअघि बागमती प्रदेशको पत्रकार महासंघ लागायतले कर छुट गर्न प्रदेश सरकारलाई ध्यानाकर्षण गराउँदै आएको थियो । 

शुक्रबार बसेको प्रदेश सभा बैठकमा बागमती प्रदेशको विभिन्न जिल्लामा आएको बाढीपहिरो र कोभिड खोपको विषय सांसदले उठान गरेका थिए । सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गर्ने सांसद युवराज दुलालले प्रदेश सरकारले बाढीपहिरोबाट मृत्तक तथा बेपत्ता भएको परिवारहरुलाई आर्थिक सहायत गर्नुपर्ने बताए ।  उनले मेलम्ची, हेलम्बु र पाँचपोखरीमा तत्काल बेलिब्रजको आवश्यकता भएको भन्दै तत्काल जेनेरेटरको व्यस्था गरेर टेलिफोन सेवा, विद्युतको पोलहरु र तार व्यवस्थित गरेर बिजुली बाल्न सक्ने बातावरण बनाउनुपनेमा जोड दिए ।

सांसद रमेश पौडेलले सिन्धुपाल्चोकमा बस्ती बस्न योग्य र अयोग्य क्षेत्र छुट्टाएर जनतालाई सुसुचित गराउनुपर्ने बताए । सांसद घनश्याम दाहालले जेष्ठ नागरिकले पहिलो डोज कोरोनाको खोप लगाएको भए पनि दोस्रो डोज कहिल्ये लगाउने भनेर प्रदेश सरकारसँग प्रश्न गरेका छन् । 

कोभिडविरुद्ध पहिलो डोजको कोभिशिल्ड लगाएकाहरुले दास्रो खोप लगाउन कहिले पाउने भन्दै उनले सरकारसँग जवाफ माग गरेका हुन् । पहिलो डोज खोप लगाएको नै म्याद सकिएको तर दोस्रो डोज खोप लगाउन नपाएको प्रति सांसदहरुले विशेष समयमा आवाज उठाएका छन् । अब बागमती प्रदेश सभा शनिबार बिहान साढे ११ बजेट बस्नेछ । 


Author

थप समाचार
x