कीर्तिपुरमा काँग्रेसका डंगोल विजयी
फाइल फाेटाे
काठमाडौं - काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका कृष्णमान डंगोल विजयी भएका छन् ।
डंगोल ५८८ मतान्तरले मेयर पदमा निर्वाचित भएका हुन् । डंगोलले ५ हजार २ सय २७ मत पाए । उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका शिवशरण महर्जनले ४ हजार ६ सय ३९ मत पाए ।
यसअघि ०७९ मा भएको स्थानीय तह निर्वाचनमा पनि यहाँ कांग्रेसले नै जितेको थियो । त्यतिबेला कांग्रेस उम्मेदवार राजकुमार नकर्मीले ९ हजार ४३ मत ल्याएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया