स्थानीय सरकारसँग समन्वय गरेर अगाडि बढ्छौँ : मुख्यमन्त्री लामा
फाइल फाेटाे
बागमती - बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले योजनाहरू कार्यान्वयनका लागि स्थानीय सरकारसँग समन्वय र सहकार्य गरेर अघि बढ्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
हेटौँडा उपमहानगरपलिका–१२ को चुनावी विजयीसभालाई आज सम्बोधन गर्दै ख्यमन्त्री लामाले प्रदेश सरकार जहिले पनि स्थानीय तहसँग समन्वय र सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए ।
वडा र पालिकाका योजनाको कार्यान्वयन गर्न आपसी छलफलका माध्यमबाट अघि बढ्ने बताउँदै उहाँले संविधानमा भएको प्रदेश सरकार र स्थानीय तहको साझा अधिकारलाई कार्यान्यवन गर्न प्रदेश सरकार प्रयत्नशील रहेको उल्लेख गरे ।
योजना कार्यान्वयका लागि स्थानीय सरकारलाई आवश्यक ऐन, कानुन स्थानीय तहसँग समन्वय गरेर प्रदेश सरकारले निर्माण गरिरहेको बताउँदै मुख्यमन्त्री लामाले प्रदेश सरकारलाई चाहिने आवश्यक थुप्रै ऐन, कानुन बनेर कार्यान्वयनको प्रक्रिया गइसकेकोले अब स्थानीय तहलाई आवश्यक ऐन, कानुन बनाउन प्रदेश सरकार जोड दिएको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया