बागमती

बजेट पास नहुने देखिएपछि बागमती प्रदेश सभा स्थगित

इकागज |
असार २०, २०७८ आइतबार १६:४८ बजे

हेटौंडा : बागमती प्रदेश सभाको बैठक आइतबारको लागि दोस्रो पटक स्थगित भएको छ । आइतबार बिहान ११ बजेसम्म स्थगित प्रदेश सभा दिउँसो ३ बजेट बस्ने भनिएपनि बस्न सकेन् । अब प्रदेश सभा बैठक सोमबार दिउँसो १ बजे बस्ने  प्रदेश सभाको सचिव कृष्णहरि खड्काले जानकारी दिए । 

शनिबार प्रमुख प्रतिपक्ष दल माओवादी लगायत विपक्षी दल कांग्रेस, विवेकशील, नेमकिपा, जसपा, राप्रपा लगायतले बजेटको विरोध गरेसँगै सदन चल्न सकेन् । आइतबार प्रदेश सभाको सभामुख सानुकुमार श्रेष्ठले दलहरुसँग छलफल गरेपनि बैठक बस्न सक्ने वातावरण बन्न नसकेपछि बैठक सोमबारलाई सारियो ।


बजेटमा विद्युतीय बस, सुरुङ मार्ग, विपदको रकम स्थानीय तहलाई पठाउनुपर्ने, बजेट पुस्तिका लगायतमा असन्तृष्टि जनाउँदै विपक्षी सांसदले सदन अवरुद्ध गरेका थिए । बजेट विनियोजन गर्दा सांसदलाई नै असमानता गरेको सांसद लालकुमारी पुनले बताइन् । 

प्रदेश सभामा केन्द्रमा देखिएको राजनीतिले गर्दा सदन नचल्ने अवस्था सिर्जना भएको हो । प्रदेश सभामा एमालेको एकल बहुमत रहेको छ । नेकपाको वरिष्ठ नेता माधव कुमार नेपाल समूहको सांसदको साथ पाउँदा बागमती प्रदेशले बहुमतले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पास गरेको थियो । 

तर, अहिले केन्द्रमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली एक र कांग्रेस, माओवादी लागायतले बाम गठवन्धन गर्दा बागमती प्रदेशको बजेट पास नहुनेस्थिति बनेको हो । 


Author

थप समाचार
x