बागमती

ललितपुर महानगर दिवसमा प्रधानमन्त्री ओली प्रमुख अतिथि

इकागज |
पुस २, २०८१ मंगलबार १४:३२ बजे

ललितपुर - ललितपुर महानगरपालिकाको स्थापना दिवसमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि भएका छन् ।  

आज ललितपुरमा आयोजित विशेष कार्यक्रममा ओली प्रमुख अतिथि भएका हुन । 


यसअघि काठमाडौंको ३० औं महानगर दिवसमा भने मेयर बालेन शाहले उपराष्ट्रपति रामसहाय यादवलाई प्रमुख अतिथि बनाएका थिए । 

तर, ललितपुरका मेयर चिरिबाबु महर्जनले भने प्रधानमन्त्री ओलीलाइ प्रमुख अतिथि बनाएको हो । कार्यक्रम जारी रहेको छ ।

 


Author

थप समाचार
x