जोर-बिजोर प्रणाली हट्यो : उपत्यकाका सडकमा सवारी साधनको चाप
काठमाडौं : उपत्यकाभित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा मंगलबारदेखि जोर–बिजोर प्रणाली हटाइएको छ । माइक्रो, टेम्पोलगायत सवारी पनि चल्न दिइएको छ । जसका कारण उपत्यकाका सडकमा सवारीसाधनको चाप बढेको हो।
सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने तथा मास्कलगायत स्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्ने प्रशासन कार्यालयले जनाएको छ । यसअघि २५ सिट क्षमताभन्दा बढीका सवारी साधन मात्रै चलाउन दिइएको थियो । त्यस्तै परीक्षा हलमा २५ जना मात्रै विद्यार्थी राख्ने गरि परीक्षा सञ्चालन गर्न पाउने भएको छ । काठमाडौं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा भने असार ३१ गतेसम्मलाई थप गरिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया