बागमती

इन्द्रावती १२मा कृषि  पर्यटन व्यापार तथा सांस्कृतिक महोत्सव हुँदै

इकागज |
पुस २१, २०८१ आइतबार १९:४७ बजे

सिन्धुपाल्चोक - इन्द्रावती गाउँपालिका वडा नम्बर १२ ले प्रथम कृषि पर्यटन व्यापार तथा सांस्कृतिक महोत्सव आयोजना गर्ने भएको छ।

भिमटारमा आज पत्रकार सम्मेलन गर्दै प्रथम कृषि पर्यटन तथा व्यापार तथा सांस्कृतिक महोत्सव गर्न लागेको आयोजकले जनाएको हो।


पत्रकार सम्मेलन लाई सम्बोधन गर्दै इन्द्रावती गाउँपालिका वडा नम्बर १२ का वडाध्यक्ष सुरेन्द्र बहादुर दनुवारले पहिलोपटक आफ्नो वडामा महोत्सव हुन लागेको ले आफू उत्साहित भएको बताए।

पहिलो पटक मेरो वडामा महोत्सव हुँदै छ म अत्यन्तै उत्साहित छु। महोत्सव सफल पार्न आफूले सक्दो सहयोग र समन्वय गर्ने पनि वडाध्यक्ष दनुवारले बताए। 
आफ्नै वडामा उत्पादन भएको मासलाई प्रदर्शन गर्ने उनको भनाई थियो।

सांस्कृतिक महोत्सव यहीँ पौष २५ गतेदेखि माघ १० गतेसम्म हुनेछ। १५ दिनसम्म आयोजना हुने महोत्सवमा स्थानीय कला र संस्कृतिलाई प्राथमिकताका साथ प्रवर्द्धन गर्ने लक्ष्य आयोजकले लिएको छ ।

महोत्सव मा दैनिक राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने आयोजक ले जनाएको छ। महोत्सव मा स्थानीय उत्पादन लाई विशेष प्राथमिकता दिएर विशेष गरि कृषि लाई प्रवर्द्धन गर्ने उद्देश्य ले महोत्सव संचालन गर्न लागेको महोत्सव का व्यवस्थापक तारा बहादुर खड्काले   बताए।

महोत्सवको उद्घाटन सत्र इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालको प्रमुख आतिथ्यमा हुने आयोजकले जनाएको छ।

महोत्सव मा इन्द्रावती गाउँपालिका भित्र का १२ वटा वडाले आफ्नो पहिचान झल्किने संस्कार संस्कृतिलाई प्रदर्शन गर्नेछन्।

महोत्सव मा राष्ट्रिय कलाकारहरू ज्योति मगर ,सुगम पोखरेल ,एलिना चौहान ,दुर्गेश थापा प्रेम लोप्चन लगायत कलाकार ले साङ्गितिक प्रस्तुति दिने छन्।


Author

थप समाचार
x