बागमती

मेलम्ची आँखा शिविरमा ८२ जनाको शल्यक्रिया, दृष्टि पुन:स्थापित

इकागज |
पुस २५, २०८१ बिहीबार ८:४१ बजे

सिन्धुपाल्चोक- तिलगंगा आँखा प्रतिष्ठान र तिलगंगा सामुदायिक आँखा केन्द्र मेलम्चीको सहकार्य तथा मेलम्ची नगरपालिकाको समन्वय र सहयोगमा आँखा शिविर भएको छ । माघ २२ र २३ गते मेलम्चीमा आँखा शिविरमा ८४ जनाको शल्यक्रिया भएको छ ।

डा. प्रतिभा लामा जोशीको नेतृत्व र रमिता महर्जनको नेतृत्वमा शिविर भएको हो ।  ८० मोतियाबिन्दु प्रभावित आँखाको शल्यक्रिया गर्ने लक्ष्यले शिविर गरिएकोमा ८२ मोतियाबिन्दु प्रभावित आँखाको सफलतापूर्वक दृष्टि पुनःस्थापित गरिएको तिलगंगा सामुदायिक आँखा केन्द्र मेलम्चीका प्रमुख आशिष भट्टले  जानकारी दिए । शिविरमा मोतियाविन्दुको शल्याक्रिया सँगै २ वटा मासु पलाएको शल्यक्रिया गरी कुल ८४ वटा शल्यक्रिया सम्पन्न भएको भट्टले जानकारी दिए ।


शिविरमा सहभागीहरूले आफ्नो दृष्टि पुनःप्राप्त गरेकोमा खुशी व्यक्त गरेका छन् ।  दृष्टि पुनःस्थापनापछि शारीरिक, मानसिक, सामाजिक र आर्थिक रूपमा ठूलो परिवर्तनको अनुभव भएको सहभागी टक्करकुमारी दुलालले बताए । पुनः प्राप्त दृष्टिले आफुहरुलाई आत्मनिर्भर बन्न, आफ्नो दैनिक जीवन सहज रूपमा संचालन गर्न, सामाजिक गतिविधिमा पुनःसक्रिय हुन, र आर्थिक रूपमा लाभदायक कार्यहरूमा संलग्न हुन सहयोग पुग्ने बिष्णुप्रसाद सापकोटाले बताए ।

गत साता मेलम्ची र दुवाचौर र इन्द्रावतीको नवलपुर र भिमटारमा छनौट शिविर गरि मोतियाविन्दुको शल्याक्रियागर्नुपर्नेको छनौट गरिएको थियो । मेलम्ची नगरपालिकाले शल्यक्रिया गराएका बिरामीहरूका लागि खाना   व्यवस्था गरेको नगर प्रमुख आइतमान तामाङले जानकारी दिए।


Author

थप समाचार
x