बागमती

सुजिता भण्डारी प्रकरण : चितवनमा थपियो कर्फ्यू

इकागज |
असार २३, २०७८ बुधबार २०:११ बजे

चितवन :  २३ वर्षीया सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर सार्वजनिक शान्ति भंग हुने देखिएपछि चितवन जिल्ला प्रशासनले कर्फ्यू थपेको छ । बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै प्रशासनले कर्फ्यू आदेशलाई थप गरेको हो ।

प्रशासनद्वारी जारी विज्ञप्ति अनुसार बिहीबार साढे ७ बजेसम्म उक्त कर्फ्यूलाई निरन्तरता दिइएको छ । यसअघि मंगलबार साँझ साढे सात बजेदेखि बुधबार बेलुकी साढे सात बजेसम्म कर्फ्यू जारी गरिएको थियो । आदेशको अवज्ञा गर्नेलाई एक महिनासम्म कैद वा जरीवाना वा दुबै सजाय हुने जनाइएको छ । 



Author

थप समाचार
x