बालेन साहको व्यङ्ग्य - टुँडिखेल र खुल्लामञ्च पनि कार्यकर्तालाई दिने अध्यादेश पास भएछ
काठमाडौं - सरकारले भूमि सम्बन्धी अध्यादेश लागू गरेपछि क्रिया प्रतिक्रिया आउने क्रम जारी रहेको छ ।
यसै बीच काठमाडौंका मेयर बालेन साहले पनि राष्ट्रपतिले भर्खरै जारी गरेको सो अध्यादेशका बारेमा व्यङ्ग्य हानेका छन् ।
‘अब खोला मात्र हैन टुँडिखेल, खुल्लामञ्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ,’ सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘बधाई छ, सरकारमा रहेका कार्यकर्ताहरूलाई ।’
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको तस्विर राखेर मेयर शाहले व्यङ्ग्य गरेका हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया