मकवानपुरमा आइतबारबाट सार्वजनिक सवारी चल्ने
हेटौंडा : मकवानपुरमा आउँदो आइतबारदेखी सार्वजनिक सवारी संचालन गर्न पाइने भएको छ । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले मकवानपुर जिल्लाभित्र मात्र संचालन गर्न पाइने गरी सार्वजनिक यातायता संचालन गर्न दिएको जानकारी दिए ।
आइतबारबाट बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म सार्वजनिक यातायात चल्न पाउँनेछ । सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन । सबै यात्रुलाई मास्क अनिवार्य गर्ने, सवारीको ढोकामा र सवारी साधन भित्र सेनिटाइजर अनिवार्य गर्ने, चालक तथा सहचालकले मास्क र भाइजर लगाउनुपर्ने, सवारी साधन दैनिक निसंक्रमित गर्नुपर्ने प्रशासनले भनेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया