बागमती

काष्ठमण्डप पुनर्निर्माण अन्तिम चरणमा

इकागज |
असार २४, २०७८ बिहीबार २२:३०:२८ बजे

काठमाडौँ : भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डप पुनःनिर्माणको काम ९० प्रतिशत सकिएको छ । विसं २०७२ लको भूकम्पबाट पूर्णरुपमा क्षतिग्रस्त भएको उक्त ऐतिहासिक सम्पदाको पुनः निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको छ । काठमाडौँ महानगरपालिकले रकम उपलब्ध गराउने सर्तसहित पुनः निर्माणको काम विसं २०७५ वैशाखबाट शुरु भएको थियो ।

उपभोक्ता समितिमार्फत पुरानै शैलीमा पुनःनिर्माणका भइरहेको सातौँ शताब्दीको काष्ठमण्डप पुनः निर्माणका लागि कामपाले हालसम्मा रु ११ करोड ५० लाख रकम उपलब्ध गराएको छ । काष्ठमण्डप पुनःनिर्माण समितिका संयोजक एवं प्रदेश सांसद राजेश शाक्यका अनुसार लकडाउन र निषेधाज्ञाको अवधिमा पनि स्वास्थ्य मापदण्डको पालना गर्दै निरन्तर काम भइरहेको छ । त्यस अवधिमा छानो छाउनका लागि काठको अभाव भए पनि अहिले त्यो समस्यापछि टरेको छ, निरन्तर काम भइरहेको छ । 



Author

थप समाचार
x