बागमती

सहिद परिवारलाई नगदसहित सम्मान

इकागज |
माघ १७, २०८१ बिहीबार ८:८ बजे

मुग्लिन (चितवन)- इच्छाकामना गाउँपालिकाले सहिद परिवारलाई नगदसहित सम्मान गरेको छ । 

सहिद दिवसका दिन बुधबार इच्छाकामना–२ स्थित हपनीमा एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाका सहिदका परिवारलाई रु पाँच हजार नगदसहित सम्मान गरेको हो ।


बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले उनीहरूलाई  सम्मान गरका हुन् । उनले सहिदहरुका कारण देशमा परिवर्तन सम्भव भएको बताए । 

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले प्रतिपरिवार रु पाँच हजार प्रदान गरिएको बताउँदै उहाँले आगामी दिनमा सहिद परिवारका आवश्यकतालाई पनि सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरे ।

गाउँपालिकाले २०३४ सालको पञ्चायती शासनविरुद्धको  जुगेडी काण्डका सहिद वडा नं २ का दशरथ चेपाङ, सन्तबहादुर चेपाङ, चन्द्रबहादुर चेपाङका साथै जनयुद्धका वडा नं २ का जीवन बुढाथोकी र वडा नं ३ का चन्द्रबहादुर गुरुङ (दीपेश) को परिवारलाई सम्मान गरेको हो ।


Author

थप समाचार
x