बागबजारमा ‘पोलिकन क्रसिङ लाइट’ सिस्टम जडान

काठमाडौं - काठमाडौंको बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पस अगाडी ‘पोलिकन क्रसिङ लाइट’ सिस्टम सञ्चालनमा आएको छ ।
क्याम्पसमा पठनपाठन गर्ने विद्यार्थीहरू र अन्य पैदल यात्रुलाई अब बाटो काट्न सहज होस भनेर ‘पोलिकन क्रसिङ लाइट’ सिस्टम जडान गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
पैदलयात्रीले बटन थिच्दा सवारीसाधन आइरहेको साइडमा रातो र जेब्राक्रसपट्टि हरियो बत्ती बल्ने छ ।
एकपटक बटन थिचेपछि ३० सेकेन्डसम्म बत्ती बल्ने र सो समयमा यात्रुले बाटो काट्न सक्नेछन् । लाइट जडान गरेपछि महानगरले त्यसको प्रयोगका बारेमा विद्यार्थीहरूलाई जानकारी गराएको थियो ।
काठमाडौं महानगरले हालसम्म ३५ भन्दा बढी स्थानमा पोलिकन क्रसिङ लाइट सिस्टम जडान गरिएको जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया