बागमती

तिपेनी आँखा शिविरमा ३० जनाको आँखाको शल्यक्रिया

इकागज |
माघ २७, २०८१ आइतबार १०:३० बजे

सिन्धुपाल्चोक- पाँचपोखरी थाङपाल गाउँपालिका- ८ स्थित तिपेनीमा रहेको पाँचपोखरी प्राथमिक अस्पतालमा निशुल्क आँखाको शल्यक्रिया शिविर गरिएको छ । शिविरमा ३० जनाको आँखाको शल्यक्रिया गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख आत्मराम धितालले जानकारी दिए ।

पाँचपोखरी थाङपाल गाउँपालिकाको आयोजना, सेभेन समिट फाउण्डेशनको समन्वय तथा मातृका आँखा केन्द्रको प्राविधिक सहयोगमा भएको शिविरमा चार दिन पालिकाको विभिन्न स्थानमा मोतिविन्दु छनोट शिविर सञ्चालन गरी छनोट भएको विरामीको आज शल्यक्रिया   गरिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए ।


स्थानीय सरकारको अनुभूतिको गराउनका लागी गाउँ गाउँमा पुगेर शिविर सञ्चालन गरी छनोट भएका विरामीको निशुल्क सल्यक्रिया गरिएको गाउँपालिका अध्यक्ष लामाले बताए ।

दुर्गम भेग मानिने पाँचपोखरीमा धेरैमा आँखाको समस्या रहेको थाहा पाएपछि विगतका वर्षहरूमा जस्तै यस बर्ष पाँचपोखरीमा शिविर सञ्चालन गरिएको सेभेन समिटका उपाध्यक्ष श्याम तामाङले जानकारी दिए ।

पाँचपोखरी थाङपाल गाउँपालिका-८ लाँगर्चेका ७३ वर्षीय एकेन्द्र खनालले आफ्नै घर आँगनमा सञ्चालित शिविरबाट आँखाको शल्यक्रिया गर्न पाएकोमा खुशी लागेको बताए । काठमाडौँ जाँदा लाग्ने खर्चसमेत बचत भएको भन्दै उनले गाउँमै सेवा पाएकोमा खुशी  लागेको बताए ।
 


Author

थप समाचार
x