बागमती

भैँसीले हान्दा सिन्धुलीमा एक जनाको मृत्यु

इकागज |
फागुन १, २०८१ बिहीबार १२:२९ बजे

कमलामाई (सिन्धुली)- सुनकोशी गाउँपालिका–३ नौविसेमा भैँसीले हान्दा एक जनाको मृत्यु भएको छ । घाँस हाल्न जानुभएका ७५ वर्षीय गोपाल घर्तीको भैँसीले हान्दा आज बिहान मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख  गोविन्दराज काफ्लेका अनुसार भैँसीले हानेर घर्तीको घटनास्थलमा नै ज्यान गएको हो । 



Author

थप समाचार
x