बागमती

नक्कली पेस्तोल देखाएर झण्डै १० लाख रुपैयाँ लुटपाट

चोरी गर्ने २० र २१ वर्षीय युवा पक्राउ

इकागज |
साउन २८, २०७८ बिहीबार १९:३८ बजे

फाइल फोटो

सिन्धुपाल्चोक : नौ लाख ८९ हजार लुटपाटको आरोपमा दुई जना पक्राउ परेका छन् । चौतारा साँगाचोकगढी नगरपालिका–४ बस्ने २० वर्षीय राम तामाङ र  २१ वर्षीय सरोज श्रेष्ठलाई प्रहरीले आज चौताराको चाँगुटोलबाट पक्राउ गरेको हो । 

तामाङ र श्रेष्ठले चौताराबाट घर जाँदै गरेका जुगल गाउँपालिका– ३ का पासलाल तामाङसहित उनका चार जना साथीलाई साउन २६ गते दिउँसो २ः४५ बज नौबिसे बलेफी पक्की सडकखण्डमा मोटर साइकलमा आएर कुटपिट गर्दै लुटपाट गरेका थिए । 
    
नक्कली पेस्तोलसमेत देखाइ कुटपिट गरी नगदसहित महत्वपूर्ण कागजात लुटपाट गरी फरार भएका उनीहरूलाई बा ९९ प ३६७२ नम्बरको मोटरसाइकलसहित बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक  दक्षकुमार बस्नेतले जानकारी दिए ।    
 
घटनामा प्रयोग भएका थप तीन वटा मोटरसाइकल लुकाइछिपाइ राखेको अवस्थामा चौतारा साँगाचोक गढी नगगरपालिका–४ को ठूलाखेतबाट बरामद गरिएको र पक्राउ परेका दुई जनालाई डाँका चोरी मुद्दामा सिन्धुपाल्चोक जिल्ला अदालतबाट दिन सात दिनको म्याद थप गरी थप अनुसन्धान कार्य शुरु गरिएको बस्नेतले बताए । अन्य फरार व्यक्तिको खोजतलास जारी रहेको पनि प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए । रासस 



Author

थप समाचार
x