१३ मृतकका परिवारलाई पाँच हजार किरिया खर्च
सिन्धुपाल्चोक - चौतारा साँगाचोकगढी नगरपालिकाले कुनै पनि कारणबाट मृत्यु भएका परिवारलाई किरिया खर्च वापत पाँच हजार उपलब्ध गराउँदै आएको छ ।
आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रमअनुसार हालसम्म १३ मृतकका परिवारलाई सो रकम उपलब्ध गराएको नगरपालिकाले जनाएको छ । नगरप्रमुख अमानसिं तामाङले यसका लागि चालु आर्थिक वर्षका बजेटमा रु २० लाख विनियोजन गरेको जानकारी दिए । रासस
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया