बागमती

बागमती प्रदेशसभाको बैठक भदौ १ गते बस्ने

इकागज |
साउन ३१, २०७८ आइतबार १७:४० बजे

हेटौंडा - बागमती प्रदेशसभा बैठक भदौ १ गते बस्ने भएको छ । सोमबार दिउँसो ४ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने र भदौ १ गते मंगलबार दिनको २ बजे प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले बताए ।

चालू वर्षमा प्रदेश सभामा केही प्रदेश ऐन संशोधन गर्ने विधेयक र प्रदेश सभा नियमावली संशोधन दर्ता भएको प्रदेश सभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए । 


यसैगरी उच्च शिक्षा सम्बन्धी विधेयक र पर्यटन सम्बन्धी विधेयक यसअघि प्रदेश सभामा दर्ता भएको थियो । चालू वर्षको नीति तथा कार्यक्रम र बजेट पास गरेसँगै पहिलो पटक प्रदेश सभा बैठक बस्न लागेको हो । 

प्रदेश सभामा आवश्यक बिजेनेश नभए आन्तरिक मामिला तथा कानुन मन्त्रालयले दिनेसक्ने मन्त्रालयका सहसचिव नारन पोखरेलले बताए । उनका अनुसार प्रदेश अनुसन्धान ब्यूरो सम्बन्धी विधेयक मन्त्रिपरिष्दमा पठाइएको छ ।
 


Author

थप समाचार
x