बागमती

१५ वर्षदेखि फरार एक पक्राउ

इकागज |
असोज २, २०७८ शनिबार १२:१४ बजे

बनेपा- प्रहरीले ठगी मुद्दामा फरार एक जनालाई १५ बर्षपछि पक्राउ गरेको छ । काभ्रेपलाञ्चोक जिल्ला अदालतले २०६३ साल भदौ २५ गते ठगी मुद्दामा तीन वर्ष चार महिना १२ दिन कैदसहित रू ८ लाख ५ हजार जरिवानाको फैसला सुनाएपछि  विदुरराज गिरी फरार भएका थिए  । फैसला कार्यान्वयनको शिलशिलामा  शुक्रवार उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार चौरीदेउराली गाउँपालिका वडा नं ६ स्थायी घर भएका ६८ बर्षीय गिरीलाई खोजतलास गर्दा काठमाडौ जिल्लाको बालाजुमा  फेला पारी नियन्त्रणमा लिएर शुक्रवार धुलिखेल जिल्ला अदालतमा पेश गरिएको थियो । रासस



Author

थप समाचार
x