एकीकृत समाजवादी हेटौंडाको इञ्चार्जमा लामा
हेटौंडा- नेकपा एकिकृत समाजवादी हेटौंडाको इञ्चार्जको जिम्मेवारी हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना लामालाई दिइएको छ । आइतबार बसेको नेकपा एकीकृत समाजवादी मकवापनुरको पहिलो बैठकले हेटौंडासहित जिल्लाको १० वटै स्थानीय तहको इञ्चार्ज तोकेको हो ।
थाहा नगरपालिकाको इञ्चार्जको जिम्मेवारी ईश्वर रुम्बालाई दिइएको छ । यस्तै गाउँपालिका अन्तर्गत मनहरी इञ्चार्जमा भुमिनन्द अर्याल, भीमफेदी इञ्चार्जमा शिवहरी बर्तौला, बागमती इञ्चार्जमा खड्गबहादुर पुलामी तथा बकैया इञ्चार्जमा नारायण तिमल्सिना, मकवानपुरगढी इञ्चार्जमा राजन दाहाल, इन्द्रसरोबरको इञ्चार्जको जिम्मेवारी जीवन लामालाई दिइएको छ । लामा इन्द्रसरोबार गाउँपालिकाको अध्यक्षसमेत रहेका छन् ।
कैलाशमा कालु ढकाल र राक्सिराङ गाउँपालिका इञ्चार्जमा कृष्ण चेपाङलाई जिम्मेवारी प्रदान गरेको नेकपा एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पाखरेलले जानकारी दिए ।
यसगरी नेकपा (एस) मकवानपुरको प्रचार विभाग प्रमुखमा राम कुमार एलन र आर्थिक विभाग प्रमुखमा टिपी रुपाखेतीलाई चयन गरिएको छ । ४९ सदस्यीय जिल्ला सचिवालय समिति गठन भएको छ ।
बैठकले जिल्लाभर साधारण सदस्यता वितरण गर्ने, सांगठनिक सदस्यता अध्यावधिक गर्ने, असोज १९ गतेसम्ममा मकवानपुर जिल्लाका सबै वडाहरूमा वडा कमिटी विस्तार गरिसक्ने निर्णय गरेको अध्यक्ष पोखरेलले बताए । हालसम्म नेकपा एकीकृत समाजवादी मकवानपुरले १ सय २ वडामध्ये ५ वडामा कमिटी विस्तार गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया