बागमती

पाँचखालका नगरप्रमुख खरेल र इजरायली राजदूत गोडरबीच भेटवार्ता

इकागज |
कात्तिक ८, २०७८ सोमबार ८:३ बजे

काभ्रे - काभ्रेको पाँचखाल नगरपालिकाका मेयर महेश खरेल र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच भेटवार्ता भएको छ । राजदूत गोडरले मेयर खरेललाई पाँचखालस्थित नगरपालिकाकै कार्यालयमा पुगेर भेट भेट गरेका हुन् । भेटमा कृषि क्षेत्रमा दुई पक्षीय साझेदारीका विषयमा छलफल भएको मेयर खरेलले जानकारी दिए ।

इजरायल र पाँचखाल नगरबीच कृषि क्षेत्रलाई आधुनिकिकरण र नयाँ प्रविधि भित्र्याउने विषयमा छलफल भएको उनको भनाइ छ । केही समयमानै यसले मूर्त रूप लिने उनको विश्‍वास छ । 'चाँडैनै नगर र इजरायली राजदूतावासबीच समझदारी हुँदैँछ’ मेयर खरेलले भने ।


इजरायलले पाँचखालका किसानहरूलाई आधुनिक खेति प्रणली तथा प्ररम्परागत खेतिभन्दा नगदेबालीका विषयमा तालिमसमेत दिने विषयमा कुराकानी भएको मेयर खरेलले जानकारी दिए । पाँचखाल नगरपालिकाले बजेटको ठूलो हिस्सा कृषि क्षेत्रमा लगानी गर्दै आएको छ । पाँचखाल नगर कृषि शहर मूल मन्त्र बनाएर नगरपालिकाले काम गर्दै आइरहेको छ । पाँचखाल नगरपालिका ताजा तरकारी र अन्न उत्पादनका हिसाबले काभ्रे जिल्लाकै सबैभन्दा राम्रो क्षेत्र मानिन्छ । तर सिंचाई अभावमा सोचेजति किसानले आम्दानी लिन भने सकेका छैनन्।

कृषिमा इजरायली प्रविधि, ज्ञान र सीप विश्वमै उत्कृष्ट मानिन्छ । त्यही प्रविधिलाई पाँचखाल जस्तो उर्वर भूमिमा प्रयोग गर्न सके अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय तरकारी र फलफूल उत्पादनमा सकिने मेयर खरेलको विश्वास छ।


 


Author

थप समाचार
x