बागमती

जनताकाे हितभन्दा ठूलो कुरा नेता र पार्टी हैन: महासचिव पोखरेल

इकागज |
कात्तिक ९, २०७८ मंगलबार १४:१ बजे

काठमाडौँ - नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन् । टोखा नगरकमिटीको प्रथम नगर अधिवेशनको आज (मंगलबार) उद्घाटन गर्दै उनले पार्टी एकताबद्ध बनाउन सकेमात्र पार्टीले निर्वाचनमा जित हासिल गर्ने बताए । 

जनताकाे हितभन्दा ठूलो कुरा नेता र पार्टी नहुने भन्दै उनले जनताको हितमा काम गरेर २०७४ सालकै अवस्थामा पार्टीलाई पुर्‍याउनुपर्नेमा जोड दिए । उनले राजनीतिमा अनेक सम्भावना रहेको उल्लेख गर्दै त्यसअनुसार अगाडि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।  


महासचिव पोखरेलले लोकतान्त्रिक अभ्यास अनुसार सर्वसम्मत् नेतृत्व चयन गर्न समेत आग्रह गरे । उनले नेतृत्व चयन गर्दा पार्टीको विधान अनुसार ३३ प्रतिशत अनिवार्य महिला प्रतिनिधित्व गराउनुपर्ने बताए ।  

१०औँ राष्ट्रिय महाधिवेशनको तयारीस्वरुप आज देशभर एमालेले स्थानीय तहको अधिवेशन गर्दैछ । एमालेले यही कात्तिक ६ गते वडा कमिटी अधिवेशन सम्पन्न गरेको थियाे । एमालेको आगामी मङ्सिर १० देखि १३ गतेसम्म १०औँ राष्ट्रिय महाधिवशेन हुँदैछ ।

रासस


Author

थप समाचार
x